Rumpum Advertisement
Dazzu

प्रधानमन्त्री ओलीद्वारा महरापत्नीको निधनमा दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा महरापत्नीको निधनमा दुःख व्यक्त

काठमाडौ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।

आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवंगत सीताप्रति श्रद्धाञ्जली अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।