Rumpum Advertisement
Dazzu

‘कृष्ण लीला’ मा दीपिका र पुष्पको जोडी पक्का

‘कृष्ण लीला’ मा दीपिका र पुष्पको जोडी पक्का

विराटनगर, १९ कात्तिक । फिल्म ‘ऐश्वर्या’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाई फिल्म ‘कृष्ण लीला’ मा अनुबन्धित भएकी छन् ।

दीपक ओलीको निर्देशन रहने रोमान्टिक तथा कमेडी विषयवस्तुमा निर्माण हुन लागेको फिल्ममा उनी अनुबन्धित भएकी हुन् । फिल्म ‘कृष्ण लीला’ मा दीपिका अभिनेता पुष्प खड्काको जोडीको रुपमा देखिन लागेकी हुन् । फिल्ममा दीपिकाका र पुष्पका साथै बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहने पक्का भएको छ ।

फिल्मको छायांकन कात्तिकभित्र नै सुरु गर्ने तयारी भइरहेको निर्देशक दीपक ओलीले जानकारी दिएका छन् । फिल्मलाई शिव ढकालले छायांकन गर्ने भएका छन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहने फिल्मलाई रत्न श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी दीपिका दिवाकरले बनाउन लागेको एक लभस्टोरी फिल्ममा देखिने चर्चा चलेको थियो ।