Rumpum Advertisement
Dazzu

च्याउ फार्ममा तास खेल्ने नौ पक्राउ

च्याउ फार्ममा तास खेल्ने नौ पक्राउ

विराटनगर, १९ कात्तिक । रंगेलीमा च्याउन उत्पादन गर्ने घरभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ ।

मंगलबार राति रंगेली–७ नयाँटोलस्थित लक्षु महतोले सञ्चालन गरेको च्याउन उत्पादन गर्ने घरभित्र तास खेलिरहेका नौजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रंगेली–४ का २९ वर्षीय विकासकुमार मण्डल, ३५ वर्षीय कमल देव, धीरेन साह र लक्षुमहतो, १९ वर्षीय भोलेलाल मण्डल र दीपक मण्डल, ६५ वर्षीय श्रीप्रसाद मुखिया, ३७ वर्षीय झम्सी यादव तथा २० वर्षीय चन्दन मण्डल रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा इप्रका रंगेलीका प्रहरी निरीक्षकसहितको टोलीले उनीहरुलाई ५९ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।