Rumpum Advertisement
Dazzu

निद्रा नपुगे नराम्रो विचारले बढी दिक्क पार्ने

निद्रा नपुगे नराम्रो विचारले बढी दिक्क पार्ने

विराटनगर, १९ कात्तिक । निद्राबाट वञ्चित भएका व्यक्तिमा नराम्रो विचारले बढी दिक्क पार्ने अध्ययनले देखाएको छ ।

योर्क युनिभर्सिटीद्वारा गरिएको अध्ययनमा राम्रो निन्द्रा पाएका मानिसको तुलनामा निन्द्राबाट वञ्चित व्यक्ति अनावश्यक सोचबाट ५० प्रतिशत बढी पीडित हुने पाइएको हो । अध्ययनमा सहभागिता जनाएकामा ६० जनामा उनीहरूको विचारलाई दबाउन सक्ने क्षमताको परीक्षण गरिएको थियो ।

राम्रो सुत्ने समूहको तुलनामा, निन्द्राबाट वञ्चित भएका सहभागीले नकारात्मक सोचाइलाई बेवास्ता गर्न धेरै कठिनाइ भोगेका थिए । अर्कोतर्फ, राम्ररी सुतेका सहभागीका लागि कार्य सजिलो भएको थियो । कुनै पनि अनावश्यक विचारलाई दबाउन सक्ने क्षमता विभिन्न व्यक्तिहरुबीच फरक–फरक हुन्छ ।

अहिलेसम्म यी कारक रहस्यमय रहेको छ । तर, उक्त अध्ययनले निन्द्रा कम भएका हाम्रो दिमागबाट अनावश्यक विचार हटाउने क्षमतामा ठोस प्रभाव पार्ने सुझाव दिएको छ । विज्ञका अनुसार निद्रामा अवरोध आउने मानिसमा नराम्रो विचार र भावनात्मक अवरोधपछि डिप्रेसन वा सिजोफ्रेनियाको समस्या हुन सक्छ ।