Rumpum Advertisement
Dazzu

आत्महत्या गर्न बाध्य बनाएको आरोपमा भारतीय पत्रकार गोस्वामी पक्राउ

आत्महत्या गर्न बाध्य बनाएको आरोपमा भारतीय पत्रकार गोस्वामी पक्राउ

विराटनगर, १९ कात्तिक । एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा भारतको रिपब्लिकन टिभीका प्रधान सम्पादक अर्णव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मुम्बईबाट पक्राउ गरेको प्रेस टेस्ट इन्डियाले जनाएको छ । गोस्वामीले पक्राउ गर्दा प्रहरीले आफूलाई हातपात गरेको आरोप लगाएका छन् ।

रिपब्लिकन टिभीले गोस्वामीलाई भ्यानमा हाल्दै गरेको भिडियो प्रशारण गरेको छ । आत्महत्याको घटना भने सन् २०१८ को हो ।

गत मे महिनामा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सो घटनाका विषयमा नयाँ अनुसन्धान सुरु भएको जानकारी दिएका थिए ।

रिपब्लिकन टिभीले तिर्नुपर्ने पैसा नदिएका कारण आफ्ना ५३ वर्षीय पिता र हजुरआमाले आत्महत्या गरेको इन्टेरियर डिजाइनरकी छोरीले आरोप लगाएकी छन् ।