Rumpum Advertisement
Dazzu

अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउन थाल्यो

अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउन थाल्यो

विराटनगर, १९ कात्तिक । विश्वको ध्यान केन्द्रीत गरेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउन थालेको छ ।

कोरोना महामारीकाबीच निर्वाचन मंगलबार भएको थियो । हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्।

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्। यसैगरी बाइडनले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पले २ वटा राज्यमा अग्रता लिएका छन्।

अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ। चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ।

प्रारम्भिक नतिजाका आधारमा केही भन्न नसकिने विज्ञले बताएका छन् । यो पटकको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढि रहेको र मतगणना राज्य अनुसार भिन्न तरिकाले भएकाले स्पष्ट नतिजाका लागि पर्खिनु पर्ने उनीहरुको भनाइ छ ।

ट्रम्पले अलाबामा, अर्कान्सा, इन्डियाना, केन्टकी, टेनिसी, ओक्लोहोमा, साउथ क्यारोलाइना, नर्थ तथा साउथ डकोटा र वेष्ट भर्जिनियामा जित हाँसिल गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै बाइडेनले कोलोराडो, केनटिकट, डेलवर, भर्मोन्ट, मेरिल्याण्ड, मासाचुसेट्स, न्यू जर्सी, न्यूर्योक र वासिङ्गटन डिसीमा जित्ने आँकलन गरिएको छ ।