Rumpum Advertisement
Dazzu

नरावणे आज नेपाल आउँदै

नरावणे आज नेपाल आउँदै

विराटनगर, १९ कात्तिक । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे आज (बुधबार) बिहान ११ बजेतिर विशेष विमानमार्फत नेपाल आउँदैछन् ।

विमानमार्फत काठमाडौंमा उत्रने उनले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।

भ्रमणअघि नरावणेले दुई देशका सेनाबीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्। नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका उनी शनिबार स्वदेश फर्किने छन्। नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ। नरावणे सोही उपाधि ग्रहण गर्न नेपाल आउन लागेका हुन्।