Rumpum Advertisement
Dazzu

टेम्पोमा पटका ल्याउँदै गर्दा दुईजना पक्राउ

टेम्पोमा पटका ल्याउँदै गर्दा दुईजना पक्राउ

विराटनगर, १९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट प्रहरीले मंगलबार साँझ पटका बरामद गरेको छ । पटका ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन् ।

टेम्पोमा राखेर भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका बरामद गरिएको झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार मे १ ह ५५२७ नम्बरको टेम्पोमा लोड गरेर ल्याउँदै गरेको पटकासहित मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पो चालक ३९ वर्षीय विश्वनाथ प्रधानलाई पक्राउ गरिएको छ ।

टेम्पोबाट १३ बोरा विभिन्न किसिमका पटका बरामद भएको प्रहरीले जनाएको छ । तिहार र छैठ नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा लुकाईछिपाई पटका ल्याउने गरेको पाइएपछि सीमा नाकामा कडाई गरिएको कोइरालाले बताए ।