Rumpum Advertisement
Dazzu

सात लाख बढीको अवैध सामान बरामद

सात लाख बढीको अवैध सामान बरामद

विराटनगर, १९ कात्तिक । भारतदेखि अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले झापाबाट सात लाख बढी मूल्यको सामान नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेर ल्याउँदै गरेको सात लाख २१ हजार सात सय रुपैयाँ बराबरको कपडा लगायत तस्करीको सामान बरामद गरिएको झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार सामान मेचीनगर नगरपालिका–७ बाट बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कुर्थी सेट, तन्न, थान कपडा, टेम्पोको क्लोज तार, मोटर पार्टसहरु बरामद गरेको हो । एसपी कोइरालाले बरामद गरिएको तस्करीको सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जानकारी दिए ।