Rumpum Advertisement
Dazzu

बन्दुक देखाएर आतंक मच्चाउने पक्राउ

बन्दुक देखाएर आतंक मच्चाउने पक्राउ

विराटनगर, १९ कात्तिक । प्रहरीले खोटाङको खोटेहाङ गाउँपालिका–६ मा बन्दुक देखाएर आतंक मच्चाउन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४० वर्षीय भुपाल मोक्तान रहेका छन् । उनलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले जानकारी दिए । बन्दुक देखाएर गाउँलेलाई त्रसित बनाउने र गाउँमा आतंक मच्चाउने गरेको विशेष सूचनाका आधारमा मोक्तानलाई पक्राउ गरिएको कार्कीको भनाइ छ ।

मोक्तानको घरबाटै बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध कारबाही अघि बढाउन प्रहरीले अनुसन्धान थालेको छ ।