Rumpum Advertisement
Dazzu

सिटीको सहज जित

सिटीको सहज जित

विराटनगर, १९ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

मंगलबार राति भएको समूह चरणको खेलमा सिटीले ग्रीक क्लब ओलम्पिकाओसलाई ३–० गोलले हराएको हो ।

सिटीको मैदानमा घरेलु टोलीलाई जिताउन फेरान टोरेस, ग्राबियल जेसस र जाओ क्यान्सेलोले समान एक–एक गोल गरे ।

खेलको १२औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई पहिलो हाफभरि अग्रता दिलाएका थिए ।

८१औं मिनेटमा जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ९०औं मिनेटमा क्यान्सेलोको गोलमा सिटीले ३–० गोलको सहज जित निकालेको हो ।

जितसँगै समूह ‘सी’को शीर्ष स्थानमा रहेको सिटीले ९ अंक बनाएको छ । ओलम्किाओस भने ३ अंकसहित तेस्रो स्थानमा छ ।

सोही समूहको पोर्टोले मार्सेइलीमाथि ३–० गोलको सहज जित निकालेको छ ।