Rumpum Advertisement
Dazzu

साल्बर्गको पोस्टमा बायर्नको आधा दर्जन गोल

साल्बर्गको पोस्टमा बायर्नको आधा दर्जन गोल

विराटनगर, १९ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको समूह चरणको खेलमा जर्मन क्लब बायर्नले अष्ट्रियन आरबी साल्जबर्गमाथि ६–२ गोलान्तरको जित निकालेको हो ।

साल्जबर्गको मैदानमा घरेलु टोलीले नै सुरुआती अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा मिर्गिम बेरिशाले गोल गर्दै साल्जबर्गलाई सुरुआती अग्रता दिलाए ।

लेवान्डोस्कीले २१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई खेलमा फर्काएका थिए । ४४औं मिनेटमा साल्जबर्गका रास्मुस क्रिस्टेनसेनले गोल गरेपछि पहिलो हाफभरि बायर्नले २–१ गोलको अग्रता बनायो ।

खेलको ६६औं मिनेटमा मसाया ओकुगवाले गोल गर्दै साल्जबर्गलाई बराबरीमा फर्काए । ७९ औं मिनेटमा जेरोमे बोयटाङले गोलव गर्दै बायर्नलाई पुनः अग्रता दिलाए ।

८३औं मिनेटमा लेरियो सानेले, ८८औं मिनेटमा लेवान्डोस्कीले र इन्ज्युरी समयमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई ६–२ गोलान्तरले जिताए ।

जितसँगै समूह ‘ए’को शीर्ष स्थानमा रहेको बायर्नले ३ खेलबाट ९ अंक बनाएको छ । लेइपिज १ अंका साथ पुछारमा छ ।

सोही समूहका एथ्लेटिको मड्रिड र लोकोमोटिभ मस्कोले १–१ गोलको बराबरी खेलेका छन् ।