Rumpum Advertisement

कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ

कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ

विराटनगर, १९ कात्तिक । नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताएका छन् ।

कोरोना सङ्क्रमणबाट पीडित बनेका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफैँ सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् । कोरोना सङ्क्रमणबाट मुक्त भएका वरिष्ठ कलाकार हरिवंश आचार्यले यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुने बताए । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउनसक्ने सम्पूर्ण उपाय अपनाउनु पर्नेमा उनको जोड छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएका हुन् । कतिपयले कोरोनालाई हल्का ठानेकोभन्दै आचार्यले यसले धेरै पीडा दिने र ज्यानै लिने भएकाले खेलाँची नसम्झन सुझाव दिए ।

कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथै अस्पतालमासमेत उपचारका लागि बसेका थिए । धेरैै पीडा भोगेर आफूले कोरोना जितेको उनको अनुभव छ । अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार नमानेको उनले बताए । तर पनि कोरोनाले आफूलाई धेरै गलाएको लामाले बताए ।

हास्य कलाकार मनोज गजुरेल संक्रमणपछि आफ्नै घरमा एकान्तबास बसिरहेका छन् । कडा खालका कुनै लक्षण नदेखिए पनि मानसिक तनाव भएको उनले बताए । सङ्क्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा अपनाउँदै पनि कोरोना जुनसुकै बेला, जसलाई पनि लाग्न सक्ने भएकाले सचेत रहन आचार्यले सबैलाई आग्रह गरे ।

कोरोनाबाट मुक्त हुन ध्यान केन्द्रित गरेको र घरेलु उपचारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मनलाई बहलाउने कार्यमा लागेको अनुभव सुनाउँदै उनले आफू सचेत रहन, अरूलाई सुरक्षित रहन तथा सङ्क्रमण देखिहालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन सुझाव दिए । घरेलु उपचारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरिरहेको उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ