Rumpum Advertisement

सक्रिय संक्रमित घटे

सक्रिय संक्रमित घटे

विराटनगर, १९ कात्तिक । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ ।

संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् । कुल १ लाख ७९ हजार ६ सय १४ संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । जुन ७८ दशमलव ५७ प्रतिशत हो ।

यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मंगलबार थप २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो । आजको राजधानी दैनिकमा समाचार छ