Rumpum Advertisement
Dazzu

मुम्बईद्वारा हैदराबादलाई १५० रनको लक्ष्य

मुम्बईद्वारा हैदराबादलाई १५० रनको लक्ष्य

विराटनगर, १८ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।

मंगलबार राउण्ड रोबिन लिगको अन्तिम खेलअन्तर्गत शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १४९ रन बनायो ।

मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा सूर्यकुमार यादवले ३६ रन जोडे । इशान किशनले ३३ रन जोड्दा क्वीन्टन डी ककले २५ रन बनाए ।

हैदराबादका सन्दीप शर्माले ३ विकेट लिँदा जासोन होल्डर र शहबाज नदीमले समान २–२ विकेट लिए । रशिद खानको नाममा एक विकेट रह्यो ।