Rumpum Advertisement
Dazzu

रोनाल्डो च्याम्पियन्स लिग खेल्ने युभेन्टसको टोलीमा

रोनाल्डो च्याम्पियन्स लिग खेल्ने युभेन्टसको टोलीमा

विराटनगर, १८ कात्तिक । इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगका लागि टोलीमा परेका छन् ।

युभेन्टसले च्याम्पियन्स लिगअन्तर्गत बुधबार हुने हंगेरियन क्लब फेरेन्सभारोसविरुद्ध खेल्ने टोलीमा पोर्चुगिज स्टार रोनाल्डोलाई समावेश गरेको हो ।

समूह चरणको खेलअन्तर्गत युभेन्टसले बुधबार राति १ः४५ बजे फेरेन्सभारोससँग उसैको मैदानमा खेल्दैछ । युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले नयाँ सिजनमा पहिलोपल्ट ३५ वर्षीय रोनाल्डोलाई टोलीमा राखेका हुन् ।

अक्टोबर १३ मा रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय ड्युटीमा रहेका बेला कोरोना पोजिटिभ भएका उनी तीन सातायता मैदानबाहिर थिए ।

कोरोना देखिएपछि रोनाल्डोले युभेन्टसको ४ खेल गुमाएका थिए । तर, आइतबार राति भएको स्पेजियासँगको खेलबाट उनी मैदान फर्किएका थिए ।

सो खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले दुई गोल गर्दै युभेन्टसलाई शानदार जित दिलाएका थिए ।