Rumpum Advertisement
Dazzu

घुससहित प्रहरी सईसहित ३ जना पक्राउ

घुससहित प्रहरी सईसहित ३ जना पक्राउ

सुनसरी, १८ कात्तिक । नेपाल प्रहरीका सईसहित तीन जना ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रसाद कानुसहित तीन जनालाई अघुस रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सई कानूसहित प्रहरी जवान रामईश्वर मण्डल र स्थानीय व्यापारी जयनारायण यादव रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयले आइतबार ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार इटहरीका अनुसार प्रहरी सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियार इटहरीले जनाएको छ ।