Rumpum Advertisement
Dazzu

कोरोना बीमाको दाबी ७ दिनभित्र भुक्तानी गर्न निर्देशन

कोरोना बीमाको दाबी ७ दिनभित्र भुक्तानी गर्न निर्देशन

काठमाडौं, १८ कात्तिक । कोरोना बिमाकाे दाबि भुक्तानी सात दिनभित्र गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताए ।

कोरोना बीमा दावी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासाको सुनुवाइ गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेस्क सञ्चालन गर्ने व्यवस्था पनि तत्काल मिलाउन निर्देशन दिएको छ ।