Rumpum Advertisement

लागूऔषधसहित सुनसरीबाट पाँचजना पक्राउ

लागूऔषधसहित सुनसरीबाट पाँचजना पक्राउ

सुनसरी, १८ कातिक । लागूऔषधसहित सुनसरीबाट ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले डिलक्स डिसी ४७ बोतलसहित भारतिय नागरीक १९ वर्षीय महेशकुमार मेहेता र सुरेशकुमार गुप्ता, नेपाली नागरिक कोशी गाँउपालिका– १ का मनिष यादवलाई कोशी गाउँपालिका– १ बाट पक्राउ गरेको हो ।

यसैगरी ईनरुवा नगरपालिका– ४ बाट लागुऔषध नाईट्रोसन ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका– १ का २८ वर्षीय नुनुलाल उराव र रामधुनी नगरपालिका– ३ का २५ वर्षीय नफिल मियाँलाई ८ ट्याब्लेट नाईट्रोसन सहित पक्राउ गरेको हो ।

पक्राउ परेका पाँचजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।