Rumpum Advertisement
Dazzu

बार्सिलोना र डायनामो किभबीचको खेल स्थगित हुनसक्ने

बार्सिलोना र डायनामो किभबीचको खेल स्थगित हुनसक्ने

विराटनगर, १८ कात्तिक । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति हुने तय भएकाे बार्सिलोना र डायनामो किभबीचको खेल स्थगित हुने सम्भावना देखिएको छ ।

युक्रेनको क्लब डायनामोका खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएसँगै बार्सिलोनाको मैदानमा तय भएको सो खेल स्थगित हुने सम्भावना बढेको बताइएको छ ।

डायनामोको सिनियर टोलीका मात्र १३ खेलाडीले सोमबार स्पेनको भ्रमण गरेका छन् । सिनियर टोलीका अरु खेलाडीमा कोरोना देखिएका कारण उनीहरू टोलीबाहिर छन् । र, डायनामोले बी टिमका ६ खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

अब सिनियर टोलीका एक खेलाडीमा कोरोना देखिएमा सो खेल स्थगित हुने स्पेनिस मिडियाले जनाएका छन् ।

युक्रेनी क्लबका जम्मा ६ खेलाडीमा कोरोना संक्रमण भएको छ । मंगलबार थप परीक्षण भएको बताइएको छ ।

सो परीक्षणमा थप एक जना सिनियर टोलीका खेलाडीको रिपोर्ट पोजिटिभ आएमा सो खेल स्थगित हुने मुन्डो डिपोर्टिभोले जनाएको छ ।