Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा आज १४ सय ६८ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १४ सय ६८ संक्रमित थपिए

काठमाडौं, १८ कात्तिक । काठमाडौं उपत्यकामा मंगलबार थप १४ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय ६८ जना संक्रमित भेटिएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेमा ६४९ महिला र ८१९ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना थप संक्रमित भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।