Rumpum Advertisement

सडक सञ्जाल विस्तार सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा

सडक सञ्जाल विस्तार सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा

काठमाडौ, १८ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

उपत्यकालगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई काम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्रथमिकताका साथ अगाडि बढाउने बताए ।

गृहमन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडि बढाउने बताए । आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उनले बताए ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरुका लागि कडा कानूनको आवश्यकता रहेको बताए । ट्राफिक नियम जानीजानी उल्लंघन गर्नेहरुमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उनले लाइसेन्स वितरणमा पनि कडाइँ गर्नुपर्ने बताए । लाइसेन्स वितरण गर्दा थारै लापरवाही भए पनि सवारीहरु सडकमा हतियारको रुपमा प्रयोग हुन सक्ने उनले चेतावनी दिए ।

गृहमन्त्रालयमा भएको एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गरेका थिए ।