Rumpum Advertisement
Dazzu

यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर, १८ कात्तिक । युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोरोना भाइरसविपरुद्धको खोप लगाएका छन् ।

मंगलबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले कोभिड–१९ को खोप लगाएको जानकारी दिएका छन् ।

उनले यूएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन् ।

यूएईले कोभिड–१९ का बिरामीको परिस्थिति विचार गरी आपतकालीन प्रयोगका रूपमा खोप दिन थालेको जनाएको छ ।