Rumpum Advertisement
Dazzu

मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्‍याउँछ : मदनकृष्ण श्रेष्ठ

मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्‍याउँछ : मदनकृष्ण श्रेष्ठ

विराटनगर, १८ कात्तिक । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य दाम्पतिलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका मदनकृष्ण श्रेष्ठ उच्च जोखिममा थिए ।

हरिवंशलाई संक्रमण पुष्टि हुनु केही दिनअगाडि मात्रै यी दुईले एउटै गाडीमा यात्रा गरेका थिए । लामो समयदेखि पार्किन्सन, प्रेसर, प्रोस्टेटको औषधि सेवन गरिरहेका मदनकृष्णलाई भने कोरोनाको संक्रमण देखिएन । मंगलबार फेसबुकमा कोरोनाका लागि हरिवंश हड्डी बराबर भए पनि आफू मिठो कवाफ बराबर रहेको भन्दै मदनकृष्णले लामो स्ट्याटस लेखेका छन् ।

हरिवंशलाई कोरोना पोजेटिभ भइसकेको कुरा हरिवंश आफैंलाई पनि थाहा नभएको हुँदा दुई दिनसम्म मजाले सुटिङमा ब्यस्त भएको र एउटै गाडी धेरैबेरसम्म चढेर हिँडिरहेको उनले बताएका छन् । भोलिपल्ट हरिले फोन गरेर कोरोना पोजेटिभ देखियोभन्दा झसंग भएको उनको अनुभव छ । कोरोनाको कुनै लक्षण नदेखिए पनि सतर्कताका साथ घरैमा आइसोलेसनमा बसिरहेको मदनकृष्ण बताउँछन् ।

एक हप्तापछि टेष्ट गराउँदा एउटै गाडी चढेका आफूसहित चारजनाको रिपोर्ट नेगेटिभ आएको उनले लेखेका छन् । कामका बेला स्यानिटाइजरको प्रयोग गरी सोसल डिस्टेन्समा होस पु¥याएका थियौँ, उनले भने, ‘गाडीमा चढ्दा पनि सबैले मास्क एक सेकेन्ड पनि नउतारेका कारण सबैको रिपोर्ट कसरी नेगेटिभ भयो होला ।

मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्‍याउँछ जस्तो लाग्ने बताउँदै साबुनपानी, सेनिटाइजर र सामाजिक दुरीका साथै मास्क लगउन बिषेश ध्यान दिन सुझाव दिएका छन् ।