Rumpum Advertisement
Dazzu

जाडोमा यी पाँच चिजको सेवनले शरीरमा पानीको मात्राको आपूर्ति गर्ने

जाडोमा यी पाँच चिजको सेवनले शरीरमा पानीको मात्राको आपूर्ति गर्ने

विराटनगर, १८ कात्तिक । जाडो मौसममा चिसोका कारण पानीको खपत कम हुँदै जान्छ ।

जाडो मौसममा शरीरलाई राम्रोसँग हाइड्रेट राख्न महत्वपूर्ण हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि मानिसले गर्मीमा जस्तो पानी पिउँदैनन् । तर, जाडोमा शरीरलाई राम्रोसँग हाइड्रेटेड नराख्दा प्रतिरक्षा प्रणाली, शरीरको तापक्रम, मांशपेशी तथा जोर्नीको दुखाइ हुने समस्या हुन सक्छ ।

पानी पिउनुबाहेक, पानीले भरिएका सब्जीको सेवनले जाडो महिनामा शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । जाडोको समयमा यी पाँच चिजको सेवनले शरीरमा पानीको मात्राको आपूर्ति गरी डिहाइड्रेसनबाट बचाउने गर्छ ।

पालुंगोको साग : विभिन्न पोषक तत्वले भरिएको पालुंगोको सागले छाला तथा कपाललाई राम्रो बनाएर राख्नुका साथै, चिसो मौसममा शरीरमा चाहिने पानीको मात्रा कायम राख्न मद्दत गर्छ । पालुंगोको सागसहितका हरियो पातदार तरकारीमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । पालुंगोको साग पोटेसियम, फाइबर, फोलेट र भिटामिन ई भरिएको हुन्छ जसले यसलाई जाडोमा खानका लागि उत्तम खाना बनाउँछ ।

टमाटर : सबैभन्दा धेरै प्रयोग हुने तरकारीमध्ये टमाटर एक हो । यसलाई काँचै सलादको रुपमा पनि प्रयोग गरिन्छ । ९० प्रतिशत पानीले भरिएको टमाटरले शरीरलाई भित्रबाट पोषण प्रदान गर्न मद्दत गर्छ । टमाटरले तौल घटाउन पनि सहयोग गर्छ ।

पहेलो र रातो खुर्सानी : पहेँलो र रातो खुर्सानी अर्थात बेल पेपरमा भएको पानीको मात्राले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ । अध्ययनअनुसार यस प्रकारको खुर्सानीमा ९३.९ प्रतिशत पानी हुन्छ । यसमा भिटामिन सी, भिटामिन बी, बीटा क्यारोटिन, थायामिन र फोलिक एसिड समावेश छन् ।

फूलकोबी : फूलकोबीलाई सलाद, सूप, करी र खानासँग सेवन गर्न सकिन्छ । फूलकोबी प्रशस्त पानीले भरिएको हुन्छ । एक कटौरा काटिएको फूलकोबीमा ५० एमएल पानी हुन्छ ।

जैतुनको तेल : राम्रो फ्याट र भिटामिन ई जस्ता पोषक तत्वले समृद्ध जैतुनको तेलले भित्रबाट शरीरलाई मोइश्चराइज गर्छ । छालामा जैतुनको तेलको प्रयोगले छालालाई पोषण दिने हुँदा यसले जाडोका लागि मोइश्चराइजरको काम गर्छ ।