Rumpum Advertisement
Dazzu

‘सक्किगो नि’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने

‘सक्किगो नि’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने

विराटनगर, १८ कात्तिक । चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगो नि’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘सक्किगो नि’ मंसिर २० गतेबाट हिमालय टेलिभिजनबाट प्रशारण गरिने भएको हो । कोरोना भाइरसको जोखिम कम गर्नका लागि गरिएको लकडाउनदेखि नै सिरियल प्रशारण हुन सकेको छैन । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी रहेको श्रृंखलाका सिरिज निर्देशक दीपकप्रसाद आचार्यले जानकारी दिएका हुन् ।

युट्युवमा भने पहिलाजस्तै नै ओएसआरबाट अपलोड हुने भएको छ । सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणि नेपाल, दीपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा ‘सक्किगो नि’लाई प्रशारण गर्दै आएका हुन् ।