Rumpum Advertisement

मंगलबार देशभर ३१ सय १४ कोरोना संक्रमित थपिए

मंगलबार देशभर ३१ सय १४ कोरोना संक्रमित थपिए

विराटनगर, १८ कात्तिक । नेपालमा मंगलबार थप ३१ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

मंगलबार थप ३१ सय ४२ जना कोरोनाबाट मुक्त भएसँगै निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट ज्यान गएसँगै मृत्यु हुनेकाे संख्या एक हजार ४ पुगेकाे छ ।