Rumpum Advertisement
Dazzu

गोलभेंडाको बीउ उत्पादनमा कोरोना महामारीले पारेको असर

गोलभेंडाको बीउ उत्पादनमा कोरोना महामारीले पारेको असर
आकाश साह

गोलभेंडा हामी सबैको भान्साघरमा अति आवश्यक र लोकप्रिय सब्जीको रूपमा रहिआएको छ । यसको बीउको उत्पादन बाढी मात्रामा काठमाडौं, नुवाकोट, दोलखा र कास्की जिल्लामा हुने गरेको छ । गोलभेंडाको जातहरूमध्ये ‘सिर्जना’ हाइब्रिड सबैभन्दा बढी उत्पादन र खपत हुँदै आएको छ ।

गोलभेंडाको बीउ उत्पादन गर्ने तरिका :

  • पूर्णरूपमा पाकिसकेका गोलभेंडाहरु टिपेर जम्मा गर्ने
  • गोलभेंडालाई मेसिनको प्रयोगले अथवा काठको बाकसमा
  • तालाले कुल्चिने
  • २४ देखि ४८ घण्टामम्म किण्वन गर्ने (किण्वनको लागि एचसीआई १ लि. प्रतिक्विन्टल प्रयोग गर्न सकिन्छ)
  • त्यसपछि सफा पानीले धोएर घाममा सुकाउने १ किलो बीउ निकाल्न कम्तीमा १५०-२०० गोलभेंडा चाहिन्छ ।

कोरोना महामारीले गोलभेंडा बीउको उत्पादनमा देखिएका समस्याहरु :

देश ६\७ महिना लकडाउनमा रहेको हुनाले बीउ उत्पादनमा प्रत्यक्ष असर परेको छ । यी ६\७ महिना सबै सरकारी, निजी उद्योगहरु बन्द रहेकाले उत्पादन नै नभएको अवस्था छ जसकारण किसानसम्म बीउ पुग्न पाएको छैन । बीउ पाए पनि दर्ता नगरिएका बीउहरुलाई दर्ता गरिएको बीउ भनी एग्रोभेटहरुले किसानलाई ठगी गरी बेचिरहेका छन् । यसको परिणाम धेरै घाटाहरु हुन सक्छन् । जस्तै, बिरुवाहरूमा रोग लाग्ने, उत्पादन घट्ने, किसानहरू घाटमा पर्ने, बजारमा गोलभेँडाको भाउ आकशिने, आदि ।

यसर्थ नेपालमा गोलभेंडा बीउको दिगो र गुणस्तरीय उत्पादनका लागि बीउको गुणस्तर अनुगमन तथा नियन्त्रण साथै दक्षजनशक्तिको विकास र सरकारी एवम् निजी क्षेत्रबीचको साझेदारीको सुदृढीकरण गरी गोलभेँडाको आनुवंशिक शुद्धता कायम गर्नु एवम् बीउ उत्पादनमा संलग्न पात्रहरुले बीउको सहज पहुँच एवम् समुचित प्रयोगमा क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।