Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शवमा रगत देखिएपछि…

कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शवमा रगत देखिएपछि…

विराटनगर, १८ कात्तिक । कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको अनुहारमा रगत देखिएपछि चितामा राखेको शव जलाउनबाट रोकेका छन् ।

विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको अनुहारमा रगत देखिएपछि आफन्तले अन्त्यष्टिका लागि चितामा राखेको शव करिब तीन घण्टा रोकेका हुन् ।

१४ कात्तिकमा कोरोना पोजेटिभ देखिएका पुरुषको मंगलबार बिहान ३ः५० मा न्यूरो अस्पतालको कोभिड १९ अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि नेपाली सेनाको टोलीले शव परमबिश्रान्ती घाटमा लगेको थियो ।

रगतदेखिएपछि चितामै राखिएको संक्रमितको शव

घाटमा अनुहार हेर्नेक्रममा रगत देखिएपछि आफन्तले तीन घण्टा शव नजलाई चितामै रोकेर राखेका थिए ।

अस्पतालका चिकित्सकले घाटमै पुगेर मुखबाट रगत बग्नसक्ने बताएपछि आफन्तले अन्त्यष्टि गरेका छन् ।

छोरा महावीर रौनियारका अनुसार बुबाको शव दिउँसो १२ बजे नेपाली सेनाको टोलीले घाटमा लगिदिएको थियो । चितामा अन्तिम पटक मुख हेर्दा रगत देखिएपछि आगो नदिएको उनले बताए ।

आफन्तले शव जलाउन रोकेपछि न्यूरो अस्पतालका डाक्टर अनिल मेहताले घाटमै पुगेर आफन्तलाई मुखबाट रगत आउनसक्ने सम्भावना रहेको जानकारी दिएका थिए । फोक्सोमा समस्या हुँदा रगत जमेर निस्कनसक्ने भएकाे बताएपछि आफन्तले अन्त्येष्टि गरेका थिए ।