Rumpum Advertisement
Dazzu

पीएसजीसँग नयाँ सम्झौता थप्नै नेयमार

पीएसजीसँग नयाँ सम्झौता थप्नै नेयमार

विराटनगर, १८ कात्तिक । आफ्ना पूर्वखेलाडी नेयमार भित्र्याउने बार्सिलोनाको योजना असफल भएको छ । ब्राजिलियन स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग नयाँ सम्झौता थप्ने भएपछि बार्सिलोनाको सो योजना असफल भएको हो ।

२८ वर्षीय नेयमार पेरिसमै बस्ने मनसायका साथ आफ्नो सम्झौता लम्ब्याउने तयारीमा छन् । सन् २०१७ मा क्याप नोउ छोडेर लिग वान खेल्न पीएसजीमा अनुबन्ध भएका नेयमारलाई बार्सिलोनाले फर्काउने मनसाय बनाएको बताइएको थियो ।

नेयमारले पनि बार्सिलोना फर्किने मनसाय बनाइएको बताइए पनि हाल उनी पीएसजीमै खुशी देखिएका छन् । फ्रेन्च मिडिया फुटमेर्काटोका अनुसार नेयमारले आफू लिग वान क्लबमै खुशी भएको बताउँदै पीएसजीसँग सम्झौता थप्ने तयारी गरेका छन् ।

नेयमारको सम्झौता जुन २०२२ मा सकिँदैछ । हाल उनी चोटका कारण मैदानबाहिर छन् । बार्सिलोना छोडेर पेरिस आएयता नेयमारले ९१ खेल खल्दै ७२ गोल र ४५ असिस्ट गरेका छन् ।