Rumpum Advertisement
Dazzu

लगातार तेस्रो जितको खोजीमा बायर्न

लगातार तेस्रो जितको खोजीमा बायर्न

विराटनगर, १८ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा आज जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँग खेल्दैछ । साल्जबर्गको मैदानमा हुने यो खेल नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा साविकको विजेता बायर्नलाई साल्जबर्गले आफ्नो मैदानमा आतिथ्यता दिँदैछ । समूह ‘ए’मा बायर्न ६ अंकसहित शीर्ष स्थानमा रहँदा साल्जबर्ग १ अंका साथ पुछारमा छ ।

यस खेलमा बायर्न लगातार जित निकाल्ने योजनामा हुनेछ । यसअघि बायर्नले एथ्लेटिको मड्रिडलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा लोकोमोटिभ मस्कोमाथिथ २–१ गोलको जित निकालेको थियो ।

यता, साल्बजर्ग भने आफ्नै मैदानमा बायर्नलाई हराउँदै अंक तालिकामा माथि उक्लिन चाहन्छ । साल्जबर्गले लोकोमोटिभ मस्कोसँग २–२ गोलको बराबरी खेलेको थियो भने एथ्लेटिकोसँग ३–२ गोलको हार ब्यहोरेको थियो ।

सोही समूहका एथ्लेटिको मड्रिड र लोकोमोटिभ मस्कोले खेल्दैछन् । राति ११ः४० बजे हुने यो खेल मस्कोको मैदानमा हुनेछ ।

एथ्लेटिको ३ अंकसहित दोस्रो तथा मस्को १ अंकसहित तेस्रो स्थानमा छ ।