Rumpum Advertisement
Dazzu

अर्जेन्टिनी लिजेन्ड म्याराडोना अस्पताल भर्ना

अर्जेन्टिनी लिजेन्ड म्याराडोना अस्पताल भर्ना

विराटनगर, १८ कात्तिक । अर्जेन्टिनी लिजेन्ड म्याराडोना बिरामी परेर अस्पताल भर्ना भएका छन् । अर्जेन्टिनी मिडियाहरूका अनुसार स्वास्थ्यमा समस्या आएपछि विश्वकप विजेता म्याराडोना सोमबार अर्जेन्टिनाको ला प्लाटाको एक अस्पतालमा भर्ना भएका हुन् ।

आफ्नो ६०औं जन्मदिन मनाएको तीन दिनपछि उनको स्वास्थ्यमा समस्या आएको हो । सन् १९८६ का विश्वकप विजेता म्याराडोनाले ३० अक्टोबरमा आफ्नो ६०औं जन्मदिन मनाएका थिए ।

अर्जेन्टिनी मिडियाका रिपोर्टका अनुसार अहिले उनको परीक्षण भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ । यसैगरी उनमा कोरोना भाइरस संक्रमण नभएको पनि जनाइएको छ ।

पछिल्लो समय उनी जनवरी २०१९ मा बिरामी भइ अस्पताल भर्ना भएका थिए । सो समय उनको पेटमा समस्या रहेको बताइएको थियो ।