Rumpum Advertisement
Dazzu

वाटसनले गरे सन्यासको घोषणा

वाटसनले गरे सन्यासको घोषणा

विराटनगर, १८ कात्तिक । अष्ट्रेलियाका क्रिकेटर शेन वाटसनले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

मंगलबार आफ्नो वेबसाइटमा एक भिडियो पोस्ट गर्दै अष्ट्रेलियाका ब्याट्सम्यान वाटसनले खेल जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा बाट चेन्नई सुपर किङ्स बाहिरिएसँगै सन्यासको घोषणा गरेका हुन् । चेन्नई आईपीएलको लिग चरणबाटै बाहिरिएको थियो ।

३९ वर्षीय वाटसनले आइतबार किंग्स एलेभेन पञ्जाबसँग करिअरको अन्तिम खेल खेले ।

वाटसनले आईपीएलमा १४५ खेल खेलेका छन् । रोयल च्यालेन्जर्स बैग्लोरबाट समेत आईपीएल खेले उनले ३ हजार ८ सय ७४ रन बनाएका छन् । यस्तै उनले ९२ विकेट समेत लिएका छन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ सन्यास लिएका थिए ।