Rumpum Advertisement
Dazzu

बेसारको दैनिक सेवन गरे हुन्छन् यस्ता फाइदा

बेसारको दैनिक सेवन गरे हुन्छन् यस्ता फाइदा

विराटनगर, १८ कात्तिक । कोरोना भाइरसको रोकथामको उपाय र शरीरको रोग प्रतिरोधी क्षमता बढाउन दैनिकरूपमा बेसार प्रयोग गर्न सुझाइएको छ ।

भान्सामा दैनिकरूपमा प्रयोग हुने बेसारमा औषधीय गुण हुन्छ । नियमित ठिक्क मात्रामा बेसारको उपभोग गरे शरीर र दिमागका लागि राम्रो हुने धेरै अध्ययनले सुझाएको छ । ठिक्क मात्रामा उपभोग गरेमा बेसारले रगतमा चिनीको स्तरलाई सामान्यमा फर्काउन मद्दत गर्छ । साथै, यसले मधुमेहको कारण हुने अन्य स्वास्थ्यसम्बन्धी जटिलतालाई रोक्न पनि प्रभावकारी देखिएको छ । प्रत्येक दिन बेसारको सेवनले विभिन्न छालासम्बन्धी समस्यालाई पनि सुधार गर्न मद्दत गर्छ ।

एन्टी–इन्फ्लेमेन्टरी, एन्टिमाइक्रोबियल र एन्टीआक्सिडन्ट गुण भएको बेसारले छालाम्बन्धी समस्या हटाई छालालाई कोमल र दागमुक्त बनाउँछ । हल्दीले शरीरमा मोटोपनासम्बन्धी समस्या कम गर्न र बोसो घटाउने प्रक्रियाको गति बढाउन सक्छ । साथै, उच्च कोलेस्ट्रोल र हृदय रोगको जोखिम कम गर्न सक्छ । शरीरले मेटाबोलिजमको समयमा फ्रि रेडिकल उत्पादन गर्छ ।

रेडिकलको मात्रा बढी हुँदा यसले क्यान्सर, गठिया र अल्जाइमर जस्ता स्वास्थ्य समस्या निम्त्याउँछ । तर, बेसारमा रहेको करकुमिन नामक तत्वले फ्रि रेडिकललाई कम गरी विभिन्न रोगको जोखिमलाई घटाउन मद्दत गर्छ । बेसारले सुस्त दिनलाई उज्यालोमा बदल्न सक्छ । अध्ययनका अनुसार डिप्रेसनबाट पीडित हुँदा बेसारले धेरै सहयोग पु¥याउन सक्छ ।

बेसारले डिप्रेसन र एन्जाइटीका लक्षणलाई कम गरी मुडलाई पनि राम्रो बनाउन सक्छ । बेसारलाई सामान्यतया सब्जीमा राखेर सेवन गर्दा सुरक्षित हुन्छ । तर, विशेषज्ञ परामर्शविना बेसारको उपभोग गरे समस्या सुरु हुन सक्छ । बेसारको अत्यधिक सेवनले टाइप २ मधुमेह, किड्नीको समस्या, गर्भवती र स्तनपान गर्ने महिला, रगत पातलो औषधी लिने मानिसका लागि खतरनाक हुन सक्छ ।