Rumpum Advertisement
Dazzu

समाजवादी पार्टीका नेताको कोरोना संक्रमणका कारण मृत्यु

समाजवादी पार्टीका नेताको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर, १८ कात्तिक । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बू (इस्बो) को मृत्यु भएको छ । पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो ।

२७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्बोलाई १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् । उनी धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेद्वार बनेका थिए ।