Rumpum Advertisement
Dazzu

जवरजस्ती करणी गर्ने तीन पक्राउ

जवरजस्ती करणी गर्ने तीन पक्राउ

विराटनगर १८ कात्तिक । जवरजस्ती करणी गर्ने तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मोरङको बेलबारी नगरपालिका–३ का २१ वर्षीय सुमन भन्ने सुकमान तामाङ र सहयोगी ५० वर्षीय चक्रबहादुर चौधरीलाई पक्राउ गरेको हो । तामाङले कात्तिक ७ गते बेलबारी–१९ की १४ वर्षीय बालिकालाई अमना सिसौलीको जंगलमा करणी गरेका थिए ।

उक्त कुकर्ममा सहयोग गर्ने चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङको ग्रामथान गाउँपालिका–१ की २१ वर्षीया महिलाललाई जवरजस्ती करणी गर्ने सोही गाउँपालिका वडा नं.-२ का ४० वर्षीय जुमेश सरदार पक्राउ परेका हन् । कात्तिक १५ गते पक्राउ परेका सरदारलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।