Rumpum Advertisement
Dazzu

सवारी दुर्घटनामा दुई पैदलयात्रीको मृत्यु

सवारी दुर्घटनामा दुई पैदलयात्रीको मृत्यु

धरान, १८ कात्तिक । सोमबार साँझ र राति धरानका छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

सोमबार साँझ धरान–८ स्थित कोशी राजमार्गको जंगल क्षेत्रमा पहिचान नखुलेको सवारीसाधनले पैदलायात्रीलाई ठक्कर दिई फरार भएको र उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी २५–३० वर्षको देखिने उनको गम्भीर अवस्थामा अस्पलता भर्ना गरिएको थियो । फरार सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोमबार राती धरानको भानुचोकमा बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरो गाडीले अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीपी प्रतिष्ठानमा राति ११ः१५ मा मृत्यु भएको प्रहरीले जनाएको छ ।