Rumpum Advertisement
Dazzu

भारतीयलाई चिनी बढी खान प्रोत्साहित गर्न अभियान

भारतीयलाई चिनी बढी खान प्रोत्साहित गर्न अभियान

विराटनगर, १८ कात्तिक । चिनीको प्रशस्त आपूर्तिका कारण भारतको उद्योग समूहले भारतीयलाई चिनी बढी खान प्रोत्साहित गर्न अभियान सुरू गरेको छ ।

भारतीय चिनी मिल संघ (आइएसएमए) ले चिनी र यसको स्वास्थ्य प्रभावका बारे झुटो तथ्यलाई हटाउनका लागि चिनी बढी खान प्रोत्साहित गर्न अभियान सुरू गरेको हो । भारतका खाद्य सचिव सुधांशु पाण्डेले वैज्ञानिक आधारविना चिनी र चिनीको उपभोगका बारेमा धेरै झुटो तथ्य रहेको बताउँछन् । आईएसएमएको नयाँ वेबसाइटमा थोरै चिनीको सेवन नराम्रो नभएको उल्लेख गरिएको छ ।

अनलाइन अभियानमा पोष्ट र वर्कशप समावेश गरिएको छ जहाँ स्वस्थ जीवनका बारेमा छलफल गरिनुका साथै, कृत्रिम गुलियोले तौल घटाउन मद्दत नगरी स्वास्थ्य समस्या निम्त्याउन सक्ने सुझाव दिन्छ । औसतमा, भारतमा एक मानिसले एक वर्षमा १९ किलोग्राम चिनीको सेवन गर्छन् । यस वर्ष भारतको उत्पादन १३ प्रतशतले बढेर ३१ करोड टन हुने अपेक्षा गरिएको छ ।

भारतमा करिब ५ करोड किसानहरू उखु खेतीमा संलग्न छन् र लाखौँ मिलमा काम गर्ने वा उखुको ढुवानीमा संलग्न छन् । विदेशमा भारतीय चिनी बेच्नका लागि सरकारले हस्तक्षेपकारी दृष्टिकोण लिएको छ, जुन अन्य चिनी उत्पादन गर्ने राष्ट्रहरूले विरोध गरेका छन् । उक्त अभियानले अन्य देशमा भइरहेका अभियानभन्दा फरक दृष्टिकोण राख्छ, जसले चिनीको खपतलाई कम गर्न सुझाव दिइएको छ ।

चिनी मोटोपना र मधुमेह जस्ता विभिन्न स्वास्थ्य समस्याहरूसँग सम्बन्धित छ ।