Rumpum Advertisement
Dazzu

‘ओ व्यस्त जीवन’ लिएर आए ज्ञान सुब्बा (भिडियोसहित)

‘ओ व्यस्त जीवन’ लिएर आए ज्ञान सुब्बा (भिडियोसहित)

विराटनवर, १८ कात्तिक । विगत ५ वर्षदेखि आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किरहेका धराने गायक ज्ञान सुब्बाको गीति एल्मब ‘तिम्रो प्रतिक्षा’ सार्वजनिक भएको छ ।

‘ओ व्यस्त जीवन, एकै छिन् पर्खी’ बोलको गीतको म्युजिक भिडियो उनले आप्mनो युट्युब च्यानल ‘ज्ञान सुब्बा’ मार्फत् सार्वजनिक गरेका छन् ।

रविन वान्तवा खावोहङ राईको शब्द÷संगीत रहेको गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । गीतमा नायिका छुल्ठिम गुरुङ, बालकलाकार सरगम राई र निर्देशक पाख्रिनको अभिनय देख्न सकिन्छ ।

भावना रेकर्डिङ स्टुडियो धरानमा रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन, मीन बिष्टको मिक्सिङ, बुद्ध थापाको छायांकन, सुशील न्यौपानेको सम्पादन रहेको छ ।