Rumpum Advertisement
Dazzu

न्यूरो अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

न्यूरो अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, १८ कात्तिक । न्यूरो अस्पतालको कोभिड १९ अस्पताल विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान विराटनगर र धरानका एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

अस्पताल प्रशासनका अनुसार धरान उपमहानगरपालिका – १५ का ६३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ११ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

२७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

धरानका पुरुषको मंगलबार बिहान ३ः३० र विराटनगरका पुरुषको ३ः५० मा मृत्यु भएको थियाे ।