Rumpum Advertisement
Dazzu

च्याम्पियन्स लिग : रियल मड्रिड र इन्टर भिड्दै, बायर्न, सिटी र लिभरपुल पनि प्रतिस्पर्धामा

च्याम्पियन्स लिग : रियल मड्रिड र इन्टर भिड्दै, बायर्न, सिटी र लिभरपुल पनि प्रतिस्पर्धामा

विराटनगर, १८ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज आठ खेल हुँदैछन् । ग्रुप स्टेजको तेस्रो चरणको खेलमा आज १६ वटा टोलीहरूले प्रतिस्पर्धा गर्दैछन् ।

आज स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ । आज राति नेपाली समयानुसार १ः४५ बजे हुने सो खेल रियलको मैदानमा हुनेछ ।

यस खेलमा रियल दबाबमा छ । जितविहीन रियल समूह ‘बी’को पुछारमा छ । रियलसँग एक अंक छ भने इन्टर २ अंकका साथमा तेस्रो स्थानमा छ ।

रियलले पहिलो खेलमा शख्तर डोनेस्कसँग हारेको थियो भने बोरुसिया मोन्चेनग्लाडबाचसँग बराबरी खेलेको थियो ।

सोही समूहका शख्तर र मोन्चेनग्लाडबाचले राति ११ः४० बजे खेल्दैछन् । शख्तर ४ अंकसहित शीर्ष स्थानमा छ भने मोन्चेनग्लाडबाच दुई अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै आजको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब आरबी लेइपिजसँ खेल्दैछ । राति १ः४५ बजे नै हुने यस खेलमा साविकको विजेता बायर्नलाई साल्जबर्गले आफ्नो मैदानमा आतिथ्यता दिँदैछ । समूह ‘ए’मा बायर्न ६ अंकसहित शीर्ष स्थानमा रहँदा साल्जबर्ग १ अंका साथ पुछारमा छ ।

सोही समूहका एथ्लेटिको मड्रिड र लोकोमोटिभ मस्कोले खेल्दैछन् । राति ११ः४० बजे हुने यो खेल मस्कोको मैदानमा हुनेछ । एथ्लेटिको ३ अंकसहित दोस्रो तथा मस्को १ अंकसहित तेस्रो स्थानमा छ ।

यसैगरी राति १ः४५ बजे लिभरपुलले अटलान्टासँग उसैको मैदानमा खेल्दैछ । समूह ‘डी’मा लिभरपुल ६ अंकसहित शीर्ष स्थानमा रहँदा अटलान्टा ४ अंकसहित दोस्रो स्थानमा छ ।

सोही समूहका आयाक्स र मिड्जिल्याण्डले राति १ः४५ बजे नै खेल्दैछन् । आयाक्स तेस्रो तथा मिड्जिल्याण्ड चौथो स्थानमा छ ।

म्यानचेस्टर सिटीले आज आफ्नै मैदानमा ओलम्पिकाओससँग भेट गर्नेछ । यो खेल राति १ः४५ बजे हुनेछ । समूह ‘सी’मा सिटी ६ अंकसहित शीर्ष स्थानमा छ भने ओलम्किाओस ३ अंकसहित तेस्रो स्थानमा छ ।

सोही समूहका पोर्टो र मार्सेइलीले राति १ः४५ बजे नै खेल्दैछन् । पोर्टो ३ अंकसहित दोस्रो स्थानमा रहँदा अंकविहीन मार्सेइली चौथो स्थानमा छ ।