Rumpum Advertisement
Dazzu

भियनामा ‘आतंकवादी’ आक्रमण, एकको मृत्यु, १५ घाइते

भियनामा ‘आतंकवादी’ आक्रमण, एकको मृत्यु, १५ घाइते

विराटनगर, १८ कात्तिक । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा नयाँ प्रतिबन्ध लगाएको केही घण्टामै अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ ।

राइफलसहितका बन्दुकधारीले यहुदी प्रार्थना स्थल नजिकै मध्य भियनाका विभिन्न ६ स्थानमा सोमबार राति अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा एक जनाको ज्यान गएको छ ।

अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको ज्यान गएको छ । आक्रमणपछि भियनाको ठूलो क्षेत्रमा प्रहरीको तैनाथी भएको छ । गोलीकाण्डमा प्रहरीसहित १५ जना घाइते भएका छन् ।

आक्रमणकारीको निशानामा आक्रमण स्थल थियो कि थिएन भन्ने केही खुलेको छैन । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको र घटना निन्दनीय रहेको बताएका छन् ।