Rumpum Advertisement

बैंग्लोरलाई हराउँदै दिल्ली क्लालिफायरमा

बैंग्लोरलाई हराउँदै दिल्ली क्लालिफायरमा

विराटनगर, १८ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स क्वालिफायरमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराउँदै दिल्लीले क्वालिफायरमा स्थान बनाएको हो ।

शेख जायद स्टेडियममा बैंग्लोरले जितका लागि दिएको १५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । दिल्लीलाई जिताउन अजिन्क्या रहानेले ६० रनको अर्धशतकीय इनिङ्स खेल्दा शिखर धवनले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

मार्कुस राष्फोर्डले अजिवित १० रन जोड्दा पृथ्वी शले ९ तथा रिषव पन्तले नटआउट ८ रन जोडे । कप्तान श्रेयर ऐयर ७ रनमै आउट भए ।

बैंग्लोरका शहबाज अहमदले दुई विकेट लिँदा मोहम्मद सिराज र वासिङ्टन सुन्दरले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको बैंग्लोरले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

बैंग्लोरका देबदत्त पाडिक्कलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३५ रन बनाउँदा कप्तान विराट कोहलीले २९ रन बनाए ।

यसैगरी शिवम डुबले १७ रन बनाउँदा जोश फिलिप्पेले १२ रन जोडे ।

दिल्लीका एनरिच नोर्त्जेले तीन विकेट लिँदा कागिसो राबडाले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए ।

जितसँगै दिल्ली दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । उसले १४ खेलबाट १६ अंक जोडेको छ ।

अब दिल्लीले मुम्बई इण्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।

बैंग्लोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्सभन्दा नेट रन रेटले अगाडि रहँदै बेंगलोरले प्ले अफमा स्थान बनाएको हो । उसले १४ खेलबाट १४ अंक जोडेको छ ।

अब बैंग्लोरले दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ । क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ ।