Rumpum Advertisement
Dazzu

कोरोना संक्रमित ३० वर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमित ३० वर्षीय पुरुषको मृत्यु

विराटनगर, १८ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

सप्तरीको महादेवा–६ घर भई हाल सुनसरीको धरान– १८ मा बस्दै आएका पुरुषको सोमबार साँझ ५ः४० बजेतिर प्रतिष्ठानको आकस्मिक कक्षमा मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा सोमबार नै मृतकको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर थप उपचारका लागि कोभिड अस्पताल भर्ना गर्न नपाउँदै संक्रमितको ज्यान गएको हो । मृतकमा कुनै पनि दीर्घ रोग नरहेको डा. श्रेष्ठले बताए ।