Rumpum Advertisement
Dazzu

आईपीएल : बैंग्लोरले दिल्लीलाई दियो १५३ रनको लक्ष्य

आईपीएल : बैंग्लोरले दिल्लीलाई दियो १५३ रनको लक्ष्य

विराटनगर, १७ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल्स च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई जितका लागि १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शेख जायद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बैंग्लोरले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १५२ रन बनायो ।

बैंग्लोरका देबदत्त पाडिक्कलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३५ रन बनाउँदा कप्तान विराट कोहलीले २९ रन बनाए ।

यसैगरी शिवम डुबले १७ रन बनाउँदा जोश फिलिप्पेले १२ रन जोडे ।

दिल्लीका एनरिच नोर्त्जेले तीन विकेट लिँदा कागिसो राबडाले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए ।

दुवैका लागि निकै महत्वपूर्ण हुने आजको खेलमा दुवै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । १३ खेलबाट समान अंक बटुलेका यी दुईमध्ये आजको खेल जित्ने टोलीले बिहीबार दुबई रंगशालामा मुम्बईविरुद्ध पहिलो क्वालियफायर खेल्नेछ ।