Rumpum Advertisement
Dazzu

इन्टरसँगको खेल रियलका लागि निर्णायक : जिदान

इन्टरसँगको खेल रियलका लागि निर्णायक : जिदान

विराटनगर, १७ कात्तिक । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब इन्टर मिलानसँगको खेल निर्णायक भएको उल्लेख गरेका छन् ।

इन्टरसँगको खेलको पूर्वसन्ध्यामा बोल्दै जिदानले समूह चरणको सो खेल रियलका लागि फाइनल सरह भएको उल्लेख गरे ।

समूह चरणको खेलअन्तर्गत रियलले मंगलबार राति १ः४५ बजे इन्टरको सामना गर्दैछ । रियलको मैदानमा हुने उक्त खेलमा रियल दबाबमा छ ।

जितविहीन रियल समूह ‘बी’को पुछारमा छ । रियलसँग एक अंक छ भने इन्टर २ अंकका साथमा तेस्रो स्थानमा छ ।

रियलले पहिलो खेलमा शख्तर डोनेस्कसँग हारेको थियो भने बोरुसिया मोन्चेनग्लाडबाचसँग बराबरी खेलेको थियो ।

‘हामीलाई हाम्रा प्रतिद्वन्द्वीका बारेमा थाहा छ । साँच्चै कठिन छ । उनीहरू राम्रा टिमहरू हुन् र धेरै बलिया पनि छन् । र, उनीहरूले राम्रो खेलिरहेका छन्, अब इन्टरसँगकाे खेल हाम्रा लागि कठिन छ । यो खेल निर्णायक हो’, उनले भने ।

च्याम्पियन्स लिगमा इन्टरको सामना गर्न जिदानको यस्तो रणनीति

रियलका मिलिटाओलाई कोरोना, इन्टरसँगको खेल गुमाउने