Rumpum Advertisement

टर स्टेगनलाई बायर्न पठाउने बार्सिलोनाको मनसाय

टर स्टेगनलाई बायर्न पठाउने बार्सिलोनाको मनसाय

विराटनगर, १७ कात्तिक । बार्सिलोनाले आफ्नो पहिलो रोजाइका गोलरक्षक मार्क-आन्द्रे टर स्टेगनलाई बायर्न म्युनिख पठाउने मनसाय बनाएको बताइएको छ ।

खेल मिडिया ‘टोडो फिन्चाजेस’का अनुसार कोरोना महामारीका कारण प्रभावित क्लबको आर्थिक अवस्था सुधार्नका लागि बार्सिलोनाले जर्मन गोलकिपर टर स्टेगनलाई बायर्नमा बेच्न लागेको हो ।

रिपोर्टका अनुसार युरोपियन च्याम्पियन बायर्नले पनि टर स्टेगनलाई म्यानुअल नुयरको स्थानमा ल्याउन चाहेको छ । ३४ वर्षीय नुयरको विकल्पको रूपमा बायर्नले २८ वर्षीय टर स्टेगनलाई अनुबन्ध गर्न चाहेको खबरमा उल्लेख गरिएको छ ।

खबरका अनुसार यसै सिजनको अन्त्यमा बायर्नले उनलाई ८० मिलियन युरो खर्चिएर भित्र्याउने मनसाय बनाएको छ । टर स्टेगनले २०२५ सम्म बार्सिलोनासँग सम्झौता गरेका छन् ।

उनी हालैबाट मैदान फर्किएका छन् । यसै समरमा दाहिने घुडाँको शल्यक्रिया गरेपछि उनी मैदानबाहिर थिए । उनले २०२०–२१ को सिजनमा खेल्न पाएका छैनन् । उनको स्थान हाल नेटोले लिइरहेका छन् ।