Rumpum Advertisement
Dazzu

युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुखसँग प्रधानमन्त्रीको भेटघाट

युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुखसँग प्रधानमन्त्रीको भेटघाट

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेसँग शिष्टाचार भेटघाट गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटघाट भएकाे हो ।

भेटमा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन् । नयाँ राजदूतलाई स्वागत गर्दै ओलीले उनको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरे ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा समनता रहेको जनाउँदै इयुले कोभिड १९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

जवाफमा राजदूत नोनाले नेपालमा जलवायु परिवर्तनलगायत क्षेत्रमा आफूहरूले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताएकी थिइन् ।