Rumpum Advertisement
Dazzu

प्रदेश १ मा आज संक्रमितभन्दा निको हुनेको संख्या धेरै

प्रदेश १ मा आज संक्रमितभन्दा निको हुनेको संख्या धेरै

विराटनगर, १७ कात्तिक । प्रदेश १ मा सोमबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जनामा कोरोना संक्रमण भएको हो ।

सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१, मोरंगको विराटनगरमा ३७, सुनवर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैंचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बूढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको बिर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बाह्रदशी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको छथर र म्याङलुङमा १–१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १–१, इलामको सूर्योदय र स्थानीय तह नखुलेका १–१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको छ ।

प्रदेश १ मा आज ४४९ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट ४१५, मेची अस्पतालबाट २, कोभिड १९ आइसोलेशन अस्पताल गोठगाउँबाट १७, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आइसोलेशनबाट १–१, इटहरी आइसोलेशन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन् ।

यससँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ११ हजार ५४७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।