Rumpum Advertisement
Dazzu

रियलका मिलिटाओलाई कोरोना, इन्टरसँगको खेल गुमाउने

रियलका मिलिटाओलाई कोरोना, इन्टरसँगको खेल गुमाउने

विराटनगर, १७ कात्तिक । स्पेनिस फुटबल क्लब रियल मड्रिडका डिफेन्डर इडर मिलिटाओलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार रियलले ब्राजिलियन खेलाडी मिलिटाओलाई कोरोना भएको पुष्टि गरेको हो ।

च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब इन्टर मिलानसँग खेल्ने टोलीको परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना संक्रमण भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रियलले जनाएको छ ।

यससँगै उनले इन्टरसँगको खेल गुमाउने भएका छन् । रियलले मंगलबार राति १ः४५ बजे च्याम्पियन्स लिगको समूह चरणको खेलमा इन्टरसँग खेल्देछ । यो खेल रियलको मैदानमा हुनेछ ।